• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025

हतियारसहित भक्तपुरबाट एकजना पक्राउ

  • खबरदाता

हतियारसहित भक्तपुरबाट एकजना पक्राउ

भक्तपुर । भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीको सुकुम्वासी बस्तीका ४० वर्षीय गोपाल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका डीएसपी प्रकाश जवेगुले जानकारी दिए ।

पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउन्ड सातथान बरामद गरिएको छ ।

पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

  • प्रकाशित मिति : कात्तिक २, २०८२, आइतवार ०६:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८