यो वर्ष तिहार पर्वको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव हुने छैन । तर, पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तिहारको समयमा पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षा हुनसक्छ । उच्च हिमाली भू–भागमा हल्का वर्षारहिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार (कात्तिक १) साँझ तिहार विशेष मौसम बुलेटिन जारी गरेको हो । बुलेटिनमा कात्तिक ३ देखि ६ गतेसम्म तिहार अवधिको मौसम पूर्वानुमान उल्लेख छ ।
तिहार विशेष मौसम बुलेटिन पढ्नोस्–
कार्तिक ३ (लक्ष्मीपूजा) : देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कार्तिक ४ (औँसी) : देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कार्तिक ५ (गोवर्धन पूजा) : देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
कार्तिक ६ (भाइटीका) : कोसी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८