नारायणगड – मुग्लिन सडक खण्डको गाइघाटमा ७ वटा सवारीसाधन एकैपटक ठाेक्किएका छन।
चितवन प्रहरीले दिएको जानकारी अनुसार सनिवार बिहान करिब ७:३० बजेको समयमा चितवन भरतपुर स्थिति उक्त स्थानमा दुर्घटना भएको हो।
मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९ नं. को ट्रक र बिपरित तर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नं. को बस, बसको पछाडी ना ७ ख ९६०७ नं. को टेलर, पछाडी बा.प्र. ०६-००१ ग ०४८४ नं. को इभि माईक्रो, पछाडी ग २ ख १६२६ नं. को बस, पछाडी ना ३ च ३२५६ नं. को बलेरो, पछाडी बिएबि ८४७० नं. को कार ठक्कर खाई सवारी दुर्घटना हुंदा बटो पुर्ण रुपमा अवरोध भएको छ।
सबै घाईतेहरुको उद्दार भई सकेको छ। हाल सम्म १३ जना नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जना जनता केयर अस्पतामा उपचार भइरहेको छ।
थप बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८