• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025

संसद् विघटनविरुद्ध रिट, कात्तिक १२ लाई दियो सर्वोच्चले पेसी

  • खबरदाता

संसद् विघटनविरुद्ध रिट, कात्तिक १२ लाई दियो सर्वोच्चले पेसी

संसद् विघटनविरुद्ध लगिएका रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । रिट निवेदन दर्ता खुल्ला गरेको सर्वोच्च अदालतमा मंगलबार मात्रै १० वटा रिट दायर भएका थिए ।

ती रिटहरू क्रमैसँग दर्ता हुँदै गएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता जारी रहेको जानकारी दिए ।

अधिवक्ता डा। प्रेमराज सिलवाल, अधिवक्ता युवराज सफलसहितले दायर गरेका रिट दर्ता भइसकेमा छन् । उनीहरूको रिटलाई सर्वोच्चले कात्तिक १२ गतेको पेसी दिएको छ ।

  • प्रकाशित मिति : असोज २९, २०८२, बुधवार १७:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८