नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वमा नरहे नेकपा (एमाले)सँग एकता हुन सक्ने बताएका छन् । बुधबार धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले ओली नेतृत्वमा नरहे एमालेसँग एकताको ढोका खुल्ने बताएका हुन् ।
‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ, उनले भने ।
तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । उनले माओवादीको लाइन चुनाव रहेको पनि बताए ।
‘अबको माओवादीको लाइन भनेको चुनाव हो, उनले भने ।
प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको पनि जिकिर गरे । ‘अहिले मेरो जेनजी युवाहरूसँग पनि छलफल भइरहेको छ । युवाहरूले माओवादी सही रहेछ भन्ने बुझ्नुभएको छ, उनले भने ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८