बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ बजेर ८ मिनेटमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो। भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ। स्थानीयले केही घर चर्किएको बताएका छन्।
यता प्रहरीले भने भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८