• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025

कतारमाथि नेपालको रोमाञ्चक जित

  • खबरदाता

कतारमाथि नेपालको रोमाञ्चक जित

मस्कट-ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित हासिल गरेको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी भयो।

नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । स्पिनर सन्दीप लामिछानेले ३।५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिँदै जितमा महत्वपूर्ण भूमिका खेले।

यो खेलसँगै सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गरेका छन्। उनले कतारका ओपनर लियानागेलाई बोल्ड आउट गर्दै यो उपलब्धि हासिल गरेका हुन्।

 

यसैबीच, सोमबार नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि पनि हात पारेको छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा राष्ट्रिय टोलीले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेलेको छ।

२०७९ कात्तिक २५ मा पहिलो पटक कप्तान बनेका रोहितको नेतृत्वमा नेपालले अहिलेसम्म १०० अन्तर्राष्ट्रिय खेल खेलेको हो ।

रोहितको कप्तानीमा नेपालले टी–२० आईमा ३०जित, १८ हार र ३ बराबरी खेलेको छ । एकदिवसीयमा २५ जित र २० हारको रेकर्ड रहेको छ। उनको स्थिर नेतृत्व र टोलीको एकतालाई धन्यवाद दिँदै नेपाल अहिले विश्वकपको नजिक पुगेको छ।

  • प्रकाशित मिति : असोज २८, २०८२, मंगलवार ०६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८