• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई सुम्पिएका सात बन्धक

  • खबरदाता

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई सुम्पिएका सात बन्धक

गाजास्थित विद्रोही समूहले हमासले मुक्त गरेका सातजना इजरायली बन्धक अहिले रेडक्रसमार्फत् मुक्त भएका छन् ।

उनीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको टोलीले इजरायली सेनाको जिमम्मा लगाएको छ।

हमासले रेडक्रसमार्फत् इजरायली सेनालाई हस्तान्तरण गरिएकाहरूमा सबैजना इजरायली नागरिक छन् ।

जसमा माटान एङ्ग्रेस्ट, दाजुभाइ गाली र जिभ बर्मान, एलोन ओहेल, एइतान मोर, ओम्री मिरान र गाइ गिल्बोआ–दलाल रहेका छन् । उनीहरूलाई हमासले गाजा सिटीमा रेडक्रसको जिम्मा लगाएको थियो।

यी बन्धकहरूलाई इजरायली विशेष बलले गाजाबाट बाहिर ल्याएर रे’इम नजिकको सैनिक शिविरमा प्रारम्भिक स्वास्थ्य परीक्षण र आफ्ना परिवारसँग भेट गराउन लगिँदैछ।

बाँकी १३ जना जीवित बन्धकहरूलाई सोमबार बिहानपछि गाजाका विभिन्न स्थानहरूबाट मुक्त गरिने छ।

  • प्रकाशित मिति : असोज २७, २०८२, सोमवार १२:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८