• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

  • खबरदाता

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर ६ को खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

ओमनमा भएको खेलमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनायो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ५१, कुशल भुर्तेलले २८, रोहित पौडेलले २० रन बनाए ।

उता बलिङमा यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक विकेट लिए ।

  • प्रकाशित मिति : असोज २६, २०८२, आइतवार २०:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८