• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना

  • खबरदाता

राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

शनिबार शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । यससँगै राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग सोमबारमात्रै वार्ता गर्ने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताइन् ।

शनिबार जेनजीका प्रतिनिधिसँग छलफल गर्ने भनेपछि राष्ट्रपति कार्यालय अगाडि असन्तुष्टि जनाउँदै केही जेनजीहरूले नाराबाजी समेत गरेका थिए ।

राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीसहित दलहरूका प्रतिनिधिसँग फागुन २१ को चुनावबारे छलफल गर्दै दलहरुलाई तयारी गर्न सुझाएका थिए ।

  • प्रकाशित मिति : असोज २५, २०८२, शनिवार १३:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८