पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधन आवागनमा रोक लगाइएको सडक डिभिजन भरतपुरले जजाएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार, देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायत अन्य स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सडक बन्द गरिएको हो।
सम्भावित दुर्घटनाबाट बच्न सुरक्षा निकायको समन्वयमा सडक बन्द गरिएको डिभिजनले जनाएको छ।
डिभिजनले अत्यावश्यकका सवारीसाधनले यात्रा गर्नुपर्ने भएमा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न पनि हार्दिक आग्रह गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८