धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खसेको छ ।
कोसी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीले दिएको जानकारीअनुसार धरानबाट पाँचथर जाँदै गरेको जीप तमोर नदीमा खसेको हो ।
जीप करिब पाँच सय मिटर तल खसेको उनले जानकारी दिए।
“अहिले प्रहरीको टोली त्यहाँ पुग्दैछ,” उनले भने ।
प्रत्यक्षदर्शी सागर ढकालले पनि गाडी खसेको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत् उद्धारका लागि अनुरोध गरेका छन् । उनका अनुसार कार्तिके नजिकै गाडी खसेको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८