नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडादर सार्वजनिक गरेको छ । प्राधिकरणले बिहीबार भाडादर सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार, काठमाडौं–विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै, काठमाडौं–भरतपुरको चार हजार ६४३, काठमाडौं–भद्रपुर १२ हजार ११२, जनकपुरको पाँच हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ तय भएको छ ।
यस्तै, काठमाडौं–धनगढीको १७ हजार ५७९, सिमराको ३ हजार ९७८, भैरहवाको ८ हजार ४६१, राजविराजको ८ हजार २१०, सुर्खेतको ९ हजार ३० र तुम्लिङ्टारको ७ हजार ६३० रुपैयाँ तय भएको छ ।
तोकिएको भाडादरभन्दा बढी रकम लिएर टिकट बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८