भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले साविकको मूल्यलाई नै निरन्तरता दिएको छ ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल, डिजेलरमट्टीतेल तथा एलपी ग्यासको मूल्य बढेर आएको छ ।
तर, चाडपर्वलाई लक्षित गरेर मूल्य नबढाइएको निगमले जनाएको छ ।
निगमका अनुसार, आज (असोज १४ गते) प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.२४ रुपैयाँ, डिजेलमा २.३५ रुपैयाँ, मट्टीतेलमा २.३९ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ३.३९ रुपैयाँ बढेर आएको छ । यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३.६० रुपैयाँले बढेर आएको छ ।
‘आसन्न चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यमा वृद्धि गर्दा आमउपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा विक्री मूल्यलाई नै यथावत् कायम गरिएको छ,’ मंगलबार निगमले भनेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८