• असोज १६, २०८२, बिहीवार Thursday, 02 October, 2025

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • खबरदाता

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा तोकिएको छ। यस्तै युरोपेली युरोको खरिद दर १६५ रुपैयाँ ९५ पैसा र बिक्री दर १६६ रुपैयाँ ६६ पैसा तोकिएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १९० रुपैयाँ २८ पैसा र बिक्री दर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ भने स्वीस फ्राङ्कको १७७ रुपैयाँ ४६ पैसामा खरिद र १७८ रुपैयाँ २१ पैसामा बिक्री हुने व्यवस्था गरिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ ९८ पैसा र बिक्री दर ९३ रुपैयाँ ३८ पैसा तोकिएको छ। क्यानेडियन डलरको १०१ रुपैयाँ ७२ पैसामा खरिद र १०२ रुपैयाँ १५ पैसामा बिक्री भएको छ ।

सिंगापुर डलरको खरिद दर १०९ रुपैयाँ ७७ पैसा र बिक्री दर ११० रुपैयाँ २४ पैसा छ भने जापानी येनको १० इकाई खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा तोकिएको छ।

कतारी रियालको खरिद दर ३८ रुपैयाँ ८८ पैसा र बिक्री दर ३९ रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

  • प्रकाशित मिति : असोज १४, २०८२, मंगलवार ०६:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८