काठमाडौं । रूसको पूर्वी तटमा अवस्थित कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।
७.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जानकारी दिएको छ । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ ।
यसअघि गत शनिबार पनि यस क्षेत्रमा भूकम्पको तीव्र धक्का महसुस गरिएको थियो । त्यस दिन कामचटका प्रायद्वीपको पूर्वी तटनजिक ७.१ म्याग्निच्युडको भूकम्प आएको थियो ।
एनसीएसका अनुसार, त्यो भूकम्प बिहान ८ बजेर ७ मिनेटमा आएको थियो र यसको केन्द्र जमिनको ६० किलोमिटर गहिराइमा थियो ।
यूएसजीएसले के भन्यो ?
यूएसजीएसका अनुसार शुक्रबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो । यसको केन्द्र रूसको पेट्रोपाव्लोभ्स्क–कामचत्स्कीमा १० किलोमिटरको गहिराइमा थियो । यसलाई लिएर अमेरिकी राष्ट्रिय मौसम सेवाको हवाईस्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ ।
भूकम्पपछि स्थानीय प्रशासनले तटीय क्षेत्रमा बस्ने मानिसहरूका लागि अलर्ट जारी गरेको छ । मानिसहरूलाई सतर्क रहन र अग्लो ठाउँमा जान सल्लाह दिइएको छ ।
कामचटकाका गभर्नरले पनि यस बारेमा उनले हालसम्म कुनै ठूलो क्षति वा हताहतिको खबर नभएको बताएका छन् । तर, उद्धारकर्मीहरूलाई पूर्णरूपमा तयार रहन निर्देशन दिइएको छ ।
यो भूकम्प त्यही क्षेत्रमा आएको हो, जहाँ जुलाईमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो । त्यसपछि सम्पूर्ण प्रशान्त क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो । एबीसीन्युज
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८