• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025

ज्ञानेन्द्र शाह असली राजा होइनन्-ओली

  • खबरदाता

ज्ञानेन्द्र शाह असली राजा होइनन्-ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिँदै दरबार हत्यकाण्ड भएपछि कुसको राजाका रूपमा ल्याइएको बताए । वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उनको टिप्पणी छ ।

२००७ सालमै नेपालबाट तत्कालीन राजा त्रिभूवन भागेर भारत गएको भन्दै त्यही बेला अग्रजहरूले राजाबाहेक अरुमा सम्झौता गर्छौं भनेको भए ठिक हुने टिप्पणी गरे । त्यही त्रुटिले २०६५ सम्म सामन्तवादीको अधिनमा रहनुपरेको ओलीको भनाइ छ ।

ूदरबार हत्यकाण्ड भनेको सानो कुरा हो । त्यसपछि एउटा कुसको राजा स्थापना गरेको भन्छु मैले । त्यो असली राजै होइन । राजा मारियो, रानी मारिए, युवराज मारिए । यता उता नभएको भाइ चाहिँ खोजेर ल्याएर बनाएको छ । दरबार हत्याकाण्डको परिकल्पना गरेको छ । अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ,ू प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले राजतन्त्र षड्यन्त्रकारी शासन भएको आरोप लगाए । न्युज एजेन्सी नेपाल

 

  • प्रकाशित मिति : साउन १८, २०८२, आइतवार १६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८