• असोज १६, २०८२, बिहीवार Thursday, 02 October, 2025

स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु हाललाई भरतपुर अस्पतालनै कायम

  • खबरदाता

स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु हाललाई  भरतपुर अस्पतालनै कायम

‘स्वास्थ्य मन्त्री प्रदिप पौडेलले चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु कायमै रहने बताएका छन्।

पौडेलले भरतपुर अस्पताललाई प्रथम सेवा बिन्दु बनाएका नागरिकलाई असहज हुने देखेपछि प्रथम सेवा बिन्दु कायमै गरिएको बताएका हुन्। भरतपुर अस्पताल स्वास्थ्य बिमा मार्फत सेवा दिने अग्रणी अस्पतालका रूपमा रहेको छ।

यसअघि उनले स्वास्थ्य बिमाको प्रथम बिन्दु केन्द्रीय सरकारी अस्पतालमा रहने व्यवस्था मिलाएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।

मन्त्री पौडेले नजिक प्रथम सेवा बिन्दु नभएर सेवा लिन अफ्ठयारो हुने स्थानहरूका लागि केन्द्रीय सरकारी अस्पतालमा प्रथम बिन्दु कायमै रहने गरी व्यवस्था मिलाएको बताएका छन्।

उनले सामाजिक संजालमा  लेखेका छन् ,‘स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु हट्दा नागरिकलाई परेको कठिनाइलाई सम्बोधन गर्दै नजिक प्रथम सेवा विन्दु नभएर सेवा लिन अफठ्यारा पर्ने स्थानहरूका केन्द्रीय सरकारी अस्पतालमा प्रथम विन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौं।’

उनले स्वास्थ्य बिमा व्यवस्थित गर्दै हरेक स्थानीय तहमा कम्तीमा एक प्रथम सेवा बिन्दु सञ्चालन गर्ने नीति अन्तर्गत प्रथम सेवा बिन्दुका लागि उपयुक्त स्वास्थ्य संस्था नभएका तहमा स्वास्थ्य संस्था स्थापना गर्न प्रदेश र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरेका छन्।

उनले बिमा संचालन गर्नका लागि प्रदेश सरकार स्थानीय तहसँग समन्वय र सहकार्य गरी नागरिकलाई आफ्नै घरदैलो नजिकै स्वास्थ्य बिमा सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए।

  • प्रकाशित मिति : असार ३२, २०८२, बुधवार २०:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८