• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँचजना बिरामी

  • खबरदाता

कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँचजना बिरामी

दोधारा चाँदनी । कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँचजना बिरामी भएका छन् ।

दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँचजना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिए ।

उनका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन् ।

“भारतको नङ्ग्रा जंगलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उनको परिवारका पाँचै जना बिरामी परेका हुन्”, बोहराले भने, “पाँचै जनाको दोधारा–चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।” रासस

  • प्रकाशित मिति : असार ३१, २०८२, मंगलवार ०५:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८