• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

जम्मू काश्मिरमा आतंकवादीबाट मारिए बुटवलका सुदीपः आमा, बहिनी र ज्वाँई लिएर घुम्न गएका

  • खबरदाता

जम्मू काश्मिरमा आतंकवादीबाट मारिए बुटवलका सुदीपः आमा, बहिनी र ज्वाँई लिएर घुम्न गएका

धरानको पब्लिक स्कुलमा पढिरहेका सुदीप न्यौपाने जम्मू काश्मिर आतंकवादी हमलामा मारिएको पुष्टि भएको छ। उनी आमा, बहिनी र ज्वाँईसहित घुम्नका लागि त्यहाँ पुगेका थिए।

बुटवल उपमहानगरपालिका–१४ बलबरियाका स्थायी बासिन्दा सुदीप शनिबार मात्र त्यहाँ पुगेका थिए।

आतंकवादी आक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको उनका काका बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले गरेको खबर सतहमा आएको छ।

परिवारका एक्ला छोरा सुदीप आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित काश्मिर पुगेका थिए। आतंकवादीले नाम र धर्म सोधेपछि गोली हानेर हत्या गरेका थिए।

जम्मू–कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा उनी परेका हुन्।

सुदीपबाहेक परिवारका अन्य सदस्य सकुशल भए पनि विक्षिप्त अवस्थामा छन्। आतंकवादीले २७ जनाको हत्या गर्ने क्रममा सुदीप पनि परेका थिए। अन्य भारतका विभिन्न राज्यका परेका छन्।

  • प्रकाशित मिति : वैशाख १०, २०८२, बुधवार १४:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८