• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

  • खबरदाता

शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ ।

राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

अध्यक्षलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको प्रहरीको भनाई छ । राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी दिएको स्पष्ट पार्दै घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको नायब उपरीक्षक अधिकारीले जनाए ।

  • प्रकाशित मिति : वैशाख ५, २०८२, शुक्रवार १०:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८