प्युठान- प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा मृत भेटिएका दम्पत्तीको हत्या भएको खुलेको छ ।
प्युठान प्रहरीले परियार दम्पतीमाथि घन प्रहार गरेर हत्या भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।
६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमती हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए ।
फागुन ९ गते राति घरमा खान खाएर सुतेका उनीहरू भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि छिमेकीले हेर्न पुगेका थिए । जहाँ दुवैजनालाई मृत अवस्थामा देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको छ । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ ।
उनीहरूका चार छोराहरू भारतमा रोजगारीका क्रममा छन् । छोरीहरूको भने विवाह भइसकेको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८