• असोज १६, २०८२, बिहीवार Thursday, 02 October, 2025

क्यानडाको टोरन्टोमा सन् १९४१ यताकै भारी वर्षा

  • खबरदाता

क्यानडाको टोरन्टोमा सन् १९४१ यताकै भारी वर्षा

काठमाडौं- क्यानडाको टोरन्टो शहरका केही भागमा तीन ठूला आँधीका कारण अत्यधिक वर्षापछि आएको बाढीले मुख्य सडकहरु जलमग्न भएका छन् । ती सडकबाट यात्रा गरिरहेका कयौं यात्रु तथा चालकहरु फसेका छन् ।

अत्यधिक वर्षा र बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । पर्यावरण क्यानडाको रिपोर्ट अनुसार हिजो टोरन्टोमा १ सय मिलिमिटर वर्षा भएको छ ।

हिजोको वर्षाले सन् १९४१ पछिको वर्षाको दैनिक रेकर्ड तोडिएको छ । सार्वजनिक भएका भिडियो तथा तस्वीरहरुमा शहरभरी ठूलो बाढी पसेको देखिन्छ । साथै सडकमा कारहरु डुबेका छन् । युनियन स्टेशनमा सिँढीहरु तल पानी झरेको देखिएको छ ।

टोरन्टो हाइड्रोका अनुसार आँधीले १ लाख ६७ हजारभन्दा बढीलाई बिजुली बिहीन बनाएको छ । वर्षा र बाढीका कारण धेरै उडान रद्द र ढिलाइ भएका छन् । केही राजमार्गहरु बन्द गरिएका छन् । बाढीमा फसेका १४ जनाको उद्दार गरिएको अधिकारीहरुले बताएका छन् ।

  • प्रकाशित मिति : साउन २, २०८१, बुधवार ०९:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८