आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १९ तारिख। काग तिहार र धनवन्तरी जयन्ती आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। -ज्यो. प. सूर्यनाथ लुइटेल
मेष – दिन सामान्य छ। लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष – दिन राम्रो छ । दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन् । सामाजिक क्षेत्रमा अघि नबढ्नु उचित हुनेछ । धर्मकर्ममा मन जानेछ।
मिथुन – दिन सामान्य राम्रो छ। अनावश्यक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट – दिन सामान्य राम्रो छ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । धार्मप्रति अनास्था बढ्नेछ । परिवारको विश्वास मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
सिंह – दिन राम्रो छ । लगानीका क्षेत्र सबल बन्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ । गीत संगीतको क्षेत्रमा मन जानेछ । गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ ।
कन्या – दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।
तुला – दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । व्यापार व्यवसायमा घाटा हुनेछ । धार्मिक कार्यमा समय दिनु उचित हुन्छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ ।
वृश्चिक – दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ ।
धनु – दिन राम्रो छ । साथी भाइसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । दीर्घकालीन कामका लागि नयाँ योजना बन्नेछ । कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ ।
मकर – दिन सामान्य छ । व्यापार व्यवसायमा घाटा हुने दिन छ । स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्नेछ । एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ ।
कुम्भ – दिन सामान्य छ । मध्ये साढेसातीको दशा चलिरहेकाले सोचेका काम नबन्ने जोखिम छ। हरेक काममा झन्झट आइ पर्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
मीन – दिन राम्रो छ । दैनिक काममा देखिएका समस्या समाधान हुँदै जानेछन् । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८