• भदौ ९, २०८३, मंगलवार Tuesday, 25 August, 2026

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा, दुई हजार ३१६ जना भएका थिए भर्ना

  • खबरदाता

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा, दुई हजार ३१६ जना भएका थिए भर्ना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ ।

सिभिल अस्पतालमा एकजना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीनजना, त्रिवि शिक्षण अस्पतालमा पाँचजना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनजना, नेपाल प्रहरी अस्पतालमा एकजना र कीर्तिपुर अस्पतालमा एकजना उपचाररत छन् ।

यसैगरी, बीएन्डबी अस्पतालमा तीनजना, विराट मेडिकल शिक्षण अस्पतालमा एकजना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एकजना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार, उपचारका लागि आएका घाइतेहरूको संख्या दुई हजार ३१६ रहेको छ । जसमध्ये उपचारपपछि दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।

त्यसैगरी, अस्पतालमा आएकारमृत्यु भएका कुल संख्या ४९ रहेको छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको संख्या भने नौ छ । रासस

  • प्रकाशित मिति : असोज २०, २०८२, सोमवार १३:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८