माघ २३,२०७८
ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी बेलडाँडी गाउँपालिका–१ का ४२ वर्षीय देव सिंह धामीलाई प्रहरीले अठार वर्षपछि आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार वारदात गरी विसं २०६० साल जेठ १५ गतेदेखि धामी फरार रहेका थिए । दोधारा चाँदनी नगरपालिका–१ मा लुकिछिपी बसेका बेला धामीलाई पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।
पक्राउ परेका धामीलाई प्रहरीले आज कञ्चनपुर जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८