• भदौ २९, २०८३, सोमवार Monday, 14 September, 2026

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

  • खबरदाता

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेलापरेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला तथा ५१४ वटा शव आंशिक अङ्गसहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष, ३२८ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

बाढीपछि हालसम्म नौ हजार २८७ जना घाइतेको उद्धार गरिएको छ । जसमा पुरुष छ हजार ४०७, महिला दुई हजार ८३० र पहिचान नखुलेका ५० जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उद्धार गरिएकामध्ये दुई हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा परिचालित छन् ।

  • प्रकाशित मिति : भदौ २९, २०८३, सोमवार ०७:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८