देवचुलीका १२ जनामा कोरोना संक्रमण पुष्टि

  • खवरदाता
  • असोज १९, २०७७

आश्विन–१९,२०७७

नवलपुर । नवलपरासी वर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकामा थप १२ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरामा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण देखिएको हो । असोज १८ गते स्वाब संकलन गरी परीक्षणका लागि पोखरा परिक्षण प्रयोगशाला पठाइएको थियो ।

संक्रमण पुष्टी हुनेहरुमा देवचुली नगरपालिका वडा नं २ का ७९ बर्षिय पुरुष, वडा नं ६ का २५ बर्षिय पुरुष, वडा नं ११ का २० बर्षिया महिला, ८ बर्षिय बालक, २४ बर्षिय पुरुष गरि ३ जना, वडा नं १२ का ४४ बर्षिया महिला, वडा नं १३ का १४, ३६ बर्षिया महिला, ५५, ६१ बर्षिय पुरुष गरि ४ जना, वडा नं १५ का ५२ बर्षिय पुरुष, वडा नं १७ का ५६ बर्षिय पुरुष गरि जम्मा १२ जनामा संक्रमण पुष्टि भएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिए ।

  • खवरदाता
  • प्रकाशित मिति:असोज १९, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८