फ्रान्समा तेस्रो चरणको लकडाउन हुँदै !

  • खबरदाता
  • माघ १२, २०७७

माघ १२,२०७७

फ्रान्सका स्वास्थ्यकर्मीहरुले तेस्रो चरणको कडा लकडाउन आवश्यक भएको जनाएका छन् । सडकमा कर्फ्युको समय बढाइए पनि सङ्क्रमणको दर बढी रहे पछि यो आवाज उठेको हो । फ्रान्सका प्राध्यापक जियान फ्रान्साइसले बेलायतको नयाँ भेरिएन्ट फ्रान्समा नौ देखि सात प्रतिशत देखिएको बताउँदै तत्काल नियन्त्रण नगरे अझ गम्भीर समस्या पैदा गर्ने बताए ।

अधिकारीहरूले भने रात्रि कालीन समयमा कर्फ्यु लगाउँदै विद्यालय खोल्ने निर्णय गरेका छन् । गत साता औषत सङ्क्रमण दर २० हजार पार गरेको छ । फ्रान्सका प्रधानमन्त्री जियान कास्टेक्सले विलम्ब नगरी नयाँ नीति लिइने बताएका छन् ।

अहिले युरोपेली युनियनका कुनै नागरिक हवाई मार्गबाट फ्रान्स गए ७२ घण्टा यताको कोरोना नेगेटिभ रिपोर्ट आवश्यक मानिन्छ । तर स्थल मार्ग र बोर्डरमा वारपार गर्ने कामदारका हकमा यो लागु गरिएको छैन ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८