जनताको छातीमा ओलीको लात : नेता पौडेल

  • माघ ०३, २०७७

काँग्रेसको सडक आन्दोलनले संसद पुनस्थापना कति सम्भव होला ?

केपी शर्मा – माघ ३, २०७७
चितवन । नेपाली काग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधामन्त्री केपी ओलीले जनताको छातीमा लात मारेको आरोप लगाएका छन् । काग्रेसले गरेको देशव्यापी विरोध सभाकाक्रममा शनिवार भरतपुरको शारदानगरटाउनमा आयोजित कार्यक्रममा उनले उक्त आरोप लगाएका हुन् ।

जनताको विश्वासले बहुमत दिईरहदा आफ्नो पार्टी भित्रको आन्तरिक घर झगडाका कारण ससद विघटन गर्नाले जनताले नेकपालाई गरेको विश्वासमाथि कुठाराघात भएको उनले बताए ।

ओलीले चुनाव गराउन ससद विघटन गरेको नभई निरकुंश बनेर सत्तामा रहिरहन र देशलाई वाह्यशक्तिको क्रिडास्थल बनाउन यो हर्कत गरेको उनले बताए ।

अहिलेसम्म देशभक्तको हातमा मुलुक नपरेका कारण नेपाली जनताले सधै दुख पाईरहन परेको उनको भनाई थियो । अहिलेपनि शहिदहरुले सिन्चीत गणतन्त्र नेपालको सविधानलाई ओलीले लात हानेर फेरि देशमा अस्थिरता जन्माउने दुस्साहस गरेका कारण संविधान रक्षा गर्न काग्रेस सडकमा आएको उनको जिकिर थियो ।

अहिलेको सविधान कार्यान्वयन गर्दै लाखौ युवायुवती लाई रोजगारी दिने बाटोमा अग्रसर हुनुपर्ने सरकार जनमतलाई कुल्चेर अर्काे चुनाव गराउछु भन्नुु अधिनायकवादको बाटोको यात्रा भएको उनको भनाई थियो । भईरहेको बहुमत नमानेका ओलीले पार्टी समेत फुटाएकाले यो निर्वाचन नहुने भन्दै नेता पौडेलले भने, “पहिला संविधान ट्रयाकमा ल्याउने र मात्रै सविधान अनुसार काग्रेस चुनावमा जानेछ ।”
काँग्रेस अदालतको फैसलाप्रति सधैँ बफदार रहने हुँदा तर न्यायलयको दूरुयपोग नहोस भनेर खवरदारीको लागि मात्र सडका उत्रिएको पौडेलले बताए ।

 

प्रधानमन्त्री ओलीले आफू पदभार गरेदेखिनै सत्ता र शक्तिको चरम दूरुपयोग गरेको आरोप लगाउँदै उनले भने,“ओलीले न्यायलयलाई पनि धम्क्याइरहेका छन् । कतै त्यो धम्क्याइले पूर्णता नपाओस् भनेर काँग्रेस सडकमा उत्रिएको हो ।”
अदालतसँग जनताले सवाल जवाफ गर्न पाउने अधिकार रहेको भन्दै उनले भने,“अदालतसँग हामीले जिकिर गर्न पाउनुपर्छ । तर यो अदालतलाई दबाब होइन ।” भन्दै केपी ओलीले अदालतर्फ गरेको हस्तक्षेपको प्रतिवाद समेत उनले गरे । संसद पुनस्थापना भएन भने के गर्नुहुन्छ भनेर धेरैले सोधिरहेको अवस्थामा पौडेलले भने,“अहिले मुद्दा सर्वोच्चमा छ । यदि संसद पुनस्थापना भएन भने म प्रश्न गर्नेछु की यो देशमा न्याय छ की छैन ?”

अहिलेको संविधानमा धारा ७६ को ५ अनुसार बनेको प्रधानमन्त्रीले मात्रै संसद विघटन गर्न पाउने प्रावधान छ तर ओलीले कुन हैसियतमा बसेर धारा ७६ को १ अनुसार संसद भंग गरे यसमा गम्भीर प्रश्न खडा भएको र यस्तै कुराहरु अदालतलाई जानकारी होस भन्ने उद्देश्यले काँग्रेस सडकमा गर्जिरहेको हो, उनको भनाई थियो ।

सभामा सम्बोधन गर्दे केन्द्रीय सदस्य डा डिला संग्रौलाले राष्ट्र र जनतालाई प्रमुख प्राथमिकतामा नलिएका कम्युनिष्टहरुले सत्ता र कुर्चीको मोहमा मात्रै एकता गरेको र सो पद र कुर्ची नपाएपछि मात्रै संसद भंग गरेको आरोप लगाइन् । उनले भनिन,“घर झगडामा गाउँलेको घरमा आगो झोस्न पाइदैन ।”
उक्त कार्यक्रममा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले अव आउने चुनावमा काँग्रेसले चितवन बढारिदिने बताए । भरतपुरमा आफ्नो पार्टीले जितेर मेयर बन्ने दावी गर्दै उनले काँग्रेसको भोट पाएर जितेको व्यक्तिले धेरै दम्भ नदेखाउन चेतावनी दिए ।

साथै उनले काँग्रेस अव टुटेर फुटेका पार्टीहरुसँग एकता नगर्ने बताउँदै पहिले गरेको गल्तीलाई काँग्रेस स्वीकारी सकेको बताए । उनले भने ,“काँग्रेसले अव रुखमा मात्रै मत हाल्नेछ । ”

कार्यक्रम नेपाली कांग्रेसका भरतपुर नगर सभापति भरत अघिकारीकाे सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८