चाँडो पत्ता लाग्न सक्छ एचआइभीको उपचार

  • खबरदाता
  • पुष २७, २०७७

पौष २७,२०७७

“वेल्समा अझै पनि एचआइभी सङ्क्रमितलाई घृणाको दृष्टिकोणले हेरिन्छ । मलाई थाहा छैन, यो किन हो ?”४३ वर्षीय डान जोन्सले भने ।

सन् २०१० मा एचआइभी सङ्क्रमित भएका उनी अझै बच्चा पाउने योजनामा सफल भए । ३२ औ विश्व एचआइभी दिवस मनाइँदै वेल्समा आयोजना गरेको कार्यक्रममा उनले गुनासो गर्दै थिए । वेल्समा यो रोगबाट सङ्क्रमितको सङ्ख्या सन् २०१० को दशकमा त बढी नै भयो ।

वेल्सका टेरी ञहेगीन्सझ एड्सका कारण मर्ने संयुक्त अधिराज्यका पहिलो व्यक्ति हुन् । उनकै नाममा स्थापित टेरे हिगिन्स ट्रस्टले अहिले यो रोगको सङ्क्रमण हुनेलाई घृणा नहोस् भन्नका लागि अभियाननै चलाएको छ । कार्डिफमा बसोबास गर्ने जोन्स सामाजिक संस्थामा सक्रिय छन् । उनले धेरै यस खाले सङ्क्रमण भएको व्यक्ति देखेका छन् ।

जोन्सले सुरुका दिनमा परीक्षण गर्न मानेका थिएनन् । उनले सुरुमा यो सङ्क्रमण आफूलाई नहुने ठहर गरे । पछिल्लो समय भएको थाहा पाएपछी आकाश खसेझैँ लाग्ने महसुस भएको थियो । मन दर्‍हो गरेर उनले परीक्षण गरेका थिए, यस पछि आफू सङ्क्रमित भएको थाहा पाए । त्यसो त उनी ८० को दशक देखि समलिङ्गीसँग पनि नजिक थिए ।

जोन्सकी पत्नी डारा केन्ट साँच्चै आमा बन्न चाहन्थिन् । यो थाहा भए पछि चार वर्ष त श्रीमान् र श्रीमतीको बोलचालनै भएन । त्यस पछि उनी नियमित औषधी सेवन गर्न थाले । पोजेटिभ देखिएको सङ्क्रमण नेगेटिभ त हुने कुरा भएन । तर, सङ्क्रमण त्यत्ति तीव्र फैलिएन पनि । बिस्तारै उनी सन्तानलाई जन्म दिने योजनामा अघि बढे । बिचमा ६ महिना औषधी सेवन गर्न छाडेको समयमा भने उनलाई एचआइभीको असरकै रूपमा क्यान्सर देखा पर्‍यो।

उनी अहिले फेरी औषधी सेवन गर्न व्यस्त छन् । जुन समय एचआइभी सङ्क्रमण पत्ता लागेको थियो, समय धेरै फेरिइसकेको छ । तर, विश्वका विकसित मुलुकमा समेत घृणाको धारणा यथावतै छ । जसलाई परिवर्तन गर्न टेरे हिगिन्स ट्रस्ट अहिले पनि सक्रिय छ ।

उनले भोगेको घृणा मात्र होइन, चिकित्सा क्षेत्र र मान्छेको सभ्यतामानै एउटा चुनौती बनेको यो सङ्क्रमणसँग जोडिएका धेरै पिडादायक कथा छन्, संसार भरी । तिनैलाई सहानुभूति दिन र बाच्ने प्रेरणा दिन डिसेम्बर १ संसारमा नै एचआइभी डेको रूपमा मनाइयो । २५ किसिमका सेक्सुएल ट्रान्समिसन डिजिज ९एसटिडी० मध्यको एक एचआइभी २० औ शताब्दीको सुरुवातमा मध्य पश्चिम अफ्रिकामा मानव जस्तै देखिने गैर मानवमा रहेको विश्वास गरिन्छ ।

यसैबाट मान्छे सङ्क्रमित भएको मानिन्छ । एचआइभी वान क्यामरुन तथा एचआइभी टु सेनेगल र आइभोरी कोस्टमा रहेको बाँदर र चिम्पान्जीबाट मान्छेमा सरेको अनुमान गरिन्छ ।

सन् १९१० तीर पश्चिम अफ्रिकामा यो सङ्क्रमण बढ्दै गए पछि अफ्रिकामा साम्राज्य रहेका युरोपका शक्ति राष्ट्रमा पनि यो सङ्क्रमण सर्दै गएको अनुमान छ । अफ्रिकामा केही यस्ता गाउँ समेत थिए जहाँ ४५ प्रतिशत महिला वेश्यावृत्ति गर्थे । त्यसो त एउटा अनुमान के पनि छ भने दोस्रो विश्व युद्धको समयमा लापरबाही ढङ्गले औषधी उपचार भएको थियो । यस क्रममा सिरिन्ज सेयर पनि भए । यही कारण युरोपमा यसको सङ्क्रमण बढेको हो ।

एड्स नै औपचारिक रूपमा पत्ता लागेको भने सन् १९८१ मा अमेरिकामा हो । केही ड्रग एडिक्ट र समलिङ्गीहरूमा एउटा समस्या देखा परेको थियो । रोग प्रत्याक्रमणको क्षमतानै देखिएन । सुरुमा यिनीहरूमा निमोनियाको जस्तो लक्षण देखियो । ती समलिङ्गीहरूमा बिस्तारै छालाको क्यान्सर पनि देखियो । युएस सेन्टर फर डिजिट कन्ट्रोल एन्ड प्रीभेन्स९ सिडीएस०ले यसको कारण खोजी गर्न थाल्यो । सिडीएसलेनै रोगको प्रत्याक्रमण क्षमतानै नभएका कारण औषधीले काम नगरेको पत्ता लगायो ।

तर, सन् १९६६ मा नर्वेमा नै यो सङ्क्रमण देखिए पनि उनीहरूले नामाकरण गर्न सकेका थिएनन् । सन् १९८३ मा अमेरिकी वैज्ञानिक रोबर्ट गालो र फ्रान्सेली वैज्ञानिक फ्रान्सेस बारो निगाउसीले भिन्न समूह बनाएर यसको अध्ययन गरेको थियो । यो दुईले एड्स भएको व्यक्तिमा सिडी फोर कम भएको तथा घाटीमा गाँठा भएको पत्ता लगायो । अनि त्यही गाँठो पाक्दै जाने र कमजोर हुने गरेको पनि पत्ता लगायो । यहीबाट यो सङ्क्रमणको पहिलो लक्षण पत्ता लागेको हो । सुरुमा दुई समूहले यो भाइरसको नाम एचटिएल र एटिएलभि राखेका थिए । पछि यी दुवैको नामको साटो सन् १९८६ मा एचआइभी राखियो । यस अघि युनिभर्सिटी अफ क्यालिफोर्नियामा रहेका डा। जे लेभीले छुट्टै यसको अन्तिम अवस्थाको पहिचान गरेका थिए । सन् १९८३ मा नै उनले यो रोगलाई एड्स रोगको नामा करण गरेका हुन् ।

यो सङ्क्रमणको अवस्था यत्ति विकराल देखिएको छ । सबैले यसको परीक्षण नगराउने भएका कारण यत्तिनै भन्ने यकिन छैन । तर, सन् २०१५ को अन्त्य सम्ममा ११ लाख २२ हजार ९ सयमा यो सङ्क्रमण पत्ता लागी सकेको थियो । यी मध्ये १८,१६९ जना एड्सको अवस्थामा पुगेका थिए ।
यो सङ्क्रमण हट्ने कुनै उपचार पद्धति नभए पनि यसको प्रभावलाई कम गर्ने उपचार पद्धति अहिले संसारमा नै प्रचलित छ । जसलाई एआरटी भनिन्छ । तीन भिन्न औषधी प्रदान गर्दै सिडी फोर घट्ने क्रमलाई रोक्न यो औषधी प्रदान गरिन्छ । तर, हरेक औषधीको साइड इफेक्ट हुने भएका कारण हरेक समय चिकित्सकको सल्लाहमा रहन भने जरुरी मानिन्छ ।

कहाँ पुग्यो औषधी पत्ता लगाउने अभियान

जब मानिसमा यो सङ्क्रमणको समस्याले संसारलाई विस्मयमा पार्दै गयो । विज्ञानका सामु एउटा चुनौती पनि थपियो । यसै चुनौती बिच एन्टी रेक्ट्रोभाइल उपचार पद्धति संसारमा प्रचलनमा आयो । यसका केही चुनौती छन्, प्रत्येक समय उपचार गराउनुपर्ने, चिकित्सकको सल्लाहमा रहनु पर्ने तथा सतर्क रहनु पर्ने समस्या त छन्, तर, यसको असर कुनै समय पछि देखिनै हाल्ने भएकाले यसलाई पूर्ण उपचार पद्धति विज्ञानले मान्न सकेन ।

यसको विकल्पको रूपमा फक्सनल क्योरको पद्धति पनि परीक्षणको रूपमा नआएको होइन । यसको मतलब एचआइभीको असरलाई कम गर्ने अर्थात् । भाइरसको सङ्ख्यामा कमी ल्याउने र नियमित समयको अन्तरालमा औषधी गर्ने । यो परीक्षण गर्नेमा केही समय पछि नै भाइरस सक्रिय भएको देखियो ।

अर्को पद्धअर्को पद्धतिको प्रयास नभएको पनि होइन । स्टर्लिङ क्युरको रूपमा शरीरमा रहेको सम्पूर्ण रगतका सङ्क्रमणलाई हटाउने यो उपचारको खोजी लामो समय देखि भइरहेको छ । तर, वैज्ञानिकहरू यस सवालमा असफल भएका छन् । सन् २००७ र०८ मा बर्लीनमा एउटा घट्ना भएको थियो । एक बिरामी ल्युकेमियाका कारण किमो थेरापी गरे र बोन म्यारो पनि प्रतिस्थापन गरे । तर, यस पछि उनीमा रहेको एचआइभी सङ्क्रमण हटेको पाइयो ।
तथापि चिकित्सकहरू एचआइभी भएकाको बोन म्यारो प्रत्याक्रमण चुनौतीपूर्ण मान्छन् । तर, पनि “ बर्लीन पेसेन्ट ”को रूपमा विज्ञानमा चिनिएका यी बिरामीको घटना उत्साहप्रद भने मानियो ।

पछिल्लो समय तीन खाले अध्ययन भइरहेको मानिन्छ । “एक्टीभेट एन्ड इरेडिकेट” यो प्रयास अन्तरगत सङ्क्रमित सेल सबै मार्ने पद्धतिको खोजी भइरहेको छ । दोस्रो पद्धतिको प्रयास भने जिन एडिटिङको रूपमा रहेको छ । यो अन्तरगत एम्युन सेललाई सङ्क्रमणले छुन नसक्ने बनाउने । तेस्रो प्रयास सबै इम्युनसेललाई प्रतिस्थापन गर्ने । यसलाई त अझ चुनौतीपूर्ण मानिएको छ । यो रोग नसरोस् भन्नका खातिर भ्याक्सिनको प्रयोग भयो । तर, यो भ्याक्सिन आंशिक रूपमा मात्र सफल रहेको छ ।
एड्स एउटा अवस्था हो । जुन अवस्थामा मृत्यु पर्खनु बाहेक उपाय छैन । तर, एचआइभी एउटा सङ्क्रमण हो । विज्ञान यो सङ्क्रमणको उपचार पद्धतिको धेरै नजिक पुगी सकेको छ । सायद केही वर्षमा टुङ्गो पनि पुग्ने छ । (एजेन्सीको सहयोगमा)

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८