• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

कार्यकर्ताले पार्टी परित्याग गर्न थालेपछि असन्तुष्ट पक्षलाई मुलधारमा आउन खनालको आग्रह

  • खबरदाता

कार्यकर्ताले पार्टी परित्याग गर्न थालेपछि असन्तुष्ट पक्षलाई मुलधारमा आउन खनालको आग्रह

साउन २६,२०७९

 

चितवन – स्थानिय निर्वाचनदेखि पार्टी नेतृत्व प्रति असन्तुष्टि जनाउँदै आएका सयौं कार्यकर्ताले पार्टी छाड्न थालेपछि काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालले सबैलाई एक हुन आव्हान गरेका छन।

खनालले बिहिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सबै असन्तुष्ट पक्षलाई पार्टीको मुलधारको राजनीतिमा समावेश हुन आह्वान गरेका हुन । बिज्ञप्तिमा खनालले भनेका छन नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवन सवै तहका नेता साथीहरुलाई स–सम्मान पार्टीको मुलधारको राजनीतिमा समावेश हुन र पार्टी हित विपरित कुनै पनि अभियानमा संलग्न नहुन र नगराउन हार्दिक आव्हान गर्दछ ।

निकट भविष्यमा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनलाई पार्टीभित्रको गतिबिधिले पक्कै पनि सहयोग पुर्याउदैन । लोकतान्त्रिक पार्टीमा वाद–बिवाद र विचार–विमर्श चलिनै रहन्छ । जिवन्त पार्टीमा हुने स्वच्छ वैचारिक बहस र छलफलले पार्टीलाई अझ गतिशिल बनाउछ । बिज्ञप्तिमा अघि भनिएको छ – हामी चाहन्छौ, लोकतान्त्रिक विधि र पद्धती अनुरुप पार्टीका आन्तरिक फोरमहरुमा वैचारिक वहसको प्रारम्भ गरौं र असहमतिका वीचबाट पनि सहमतिको खोजी गरौं ।

सभापति खनालले मुलधारको राजनीतिक क्रियाकलापलाई व्यवस्थित र परिपक्क बनाउँदै सहमति र एकताको वाटो अवलम्वन गर्दै एउटै राष्ट्रिय संकल्प र दुरदृष्टीका साथ राजनीतिक र शासकीय स्थिरताका लागि प्रयत्न गर्न पनि आग्रह गरेका छन ।

गत स्थानीय निर्वाचनदेखि नेपाली काँग्रेस चितवनमा असन्तुष्टिहरु बढ्दै गएका हुन । यसबिचमा सयौँको संख्यामा नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन ।

  • प्रकाशित मिति : साउन २६, २०७९, बिहीवार २१:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८