• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

त्रिविको प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही

  • खबरदाता

त्रिविको प्रश्नपत्र हुबहु हुनुमा प्राध्यापककै लापरबाही

असार ३१, २०७९

 

देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले ‘प्रश्नपत्र बनाउने प्राध्यापकको लापरबाहीकै कारण प्रश्नपत्र हुबहु भएको’ प्रस्ट पारेका छन् ।

‘हुबहु प्रश्नपत्र प्रकरण’मा प्राध्यापक नै दोषी रहेको पाइएको बताउँदै उनले ‘प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्ने जस्ता समस्या देखिएको’ बताएका हुन् । त्रिवि शिक्षा तथा स्वास्थ्य समिति बैठकमा उपकुलपति बाँस्कोटाले ‘त्रिवि परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको’ पनि जानकारी दिए ।

त्रिविले प्रश्नपत्र हुबहु सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिकै सिफारिसमा तीन प्राध्यापकलाई कारबाही गरिएको उनले जानकारी दिए । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

 

  • प्रकाशित मिति : असार ३१, २०७९, शुक्रवार ०६:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८