• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

देउवा र प्रचण्डको सातो लिने भरतपुरको त्यो ‘पिपलचोक’

  • केपी शर्मा

देउवा र प्रचण्डको सातो लिने भरतपुरको त्यो ‘पिपलचोक’

बैशाख १६ ,२०७९

 

चितवन – पाँच बर्ष पछि पुनः चर्चामा आएको छ भरतपुर। स्थानिय निर्वाचन आउन १४ दिन मात्र बाँकी रहँदा सबै राजनैतिक दलहरुको ध्यान भने भरतपुर महानगरपालिका ७ स्थिति पिपलचोकले तानेको छ ।

कारण हुन नेपाली काङ्ग्रेसका पुर्व सांसद जगन्नाथ पौडेल । जसले स्थानिय निर्वाचनको लागि भरतपुर महानगरको मेयरमा काङ्ग्रेसको तर्फबाट स्वोतन्त्र उम्मेद्बारी मनोनयन गराएका छन।

 

गठबन्धनको निर्णयले भरतपुर महानगर यसपटक पनि नेकपा माओवादीलाइ दिएपछि चितवन काङ्ग्रेसनै यसको बिरुद्धमा उत्रिएको थियो। काङ्ग्रेस जिल्ला सभापति राजेश्वर खनाल सहितचितवनका केन्द्रिय नेतासहितको टोलीले पार्टी सभापति शेर बहादुर देउवा लगायतका नेताहरुलाई भेटेर बारम्बार यस बिषयमा जानकारी समेत गराएको थियो। तर देउवाले सत्ता जोगाउने बहानामा यसपटक पनि भरतपुर काङ्ग्रेसलाइ माओवादीको जिम्मा लगाइदिए। तर यसपटकको परिस्थिति भने अघिल्लो पटकको जस्तो सहज बनेन चितवनका अधिकांस काङ्ग्रेसीहरुले यसको बिरोध मात्र गरेनन अन्ततः पुर्ब सांसद जगन्नाथ पौडेललाई पार्टीबाट भरतपुरको स्वोतन्त्र उमेदवारको घोषणा समेत गराए । हो तिनै पुर्ब सांसद पौडेलको घर छ यो पिपलबोट नजिकै।केहि दिनयता बिहान सबेरै देखि राति अबेर सम्म धेरै काङ्ग्रेसीहरुको लर्को पिपलबोटमा देखिने गरेको छ। गठबन्धनलाइ सघाउनु पर्छ भन्ने देखि कुनै पनि हालतमा एक्लै लड्नु पर्छ भन्ने सम्मका सयौं कार्यकर्ताहरुको पौडेल निवास पार्टी कार्यालझै बनेको छ।

 

त्यति मात्र हैन गठबन्धनलाइ सघाउनु पर्छ भन्ने निर्देशन पाएका केन्द्रिय नेताहरु पनि पौडेललाइ फकाउन र दबाब दिन भरतपुरको पिपलबोट धाइरहेका छन। अघिल्लो साता मात्र काङ्ग्रेस सभापति देउवाले पठाएका राज्यमन्त्री उमेश श्रेष्ठ धेरै पटक पौडेल निवास धाए। तर चितवनका अधिकांस काङ्ग्रेसीको साथ र समर्थन पाएका पौडेलले उम्मेद्बारी फिर्ता लिने कुरामा खासै चासो राखेनन अर्थात श्रेष्ठबाट देउवाको मिसन सफल हुन सक्ने अबस्था देखिएन।

 

श्रेष्ठबाट पार लाग्ने कुनै छाँटकाँट नदेखेपछि देउवालाले गृहमन्त्री बालकृष्ण खाँडलाइनै भरतपुर पठाए । बुधबार दिउँसो भरतपुर आइपुगेका खाँड पौडेलको उम्मेद्बारी फिर्ता गराउन निकै सकृय भएर लागेका छन। बुधबारनै चितवन जिल्ला काङ्ग्रेसका पदाधिकारीहरुसंग उनले छलफल गरेका थिए। छलफलमा केहि काङ्रेसिहरुले स्वोतन्त्र उम्मेद्बारी दिएका पौडेललाइ कमजोर सम्झन नहुने जानकारी समेत गराएका थिए। गृहमन्त्रीलाइनै पठाएपछि पौडेलले सजिलै उम्मेद्बारी फिर्ता गर्लान भन्ने देउवाको सोचाइ फलदायी हुन सकिरहेको छैन ।

 

बिहीवार बिहान गृहमन्त्री खाँड पौडेलका समर्थक कृष्णलाल सापकोटा र प्रस्तावक मिना खरेललाइ भेट्न भरतपुर ३ स्थिति बेल्चोकमा रहेको सापकोटा निवासमै पुगे । करिब सवा एक घन्टा छलफल हुँदापनि कुनै ठोस निर्णय हुन सकेन । प्रस्तावक मिना खरेलले आफुहरु काङ्ग्रेसको उमेदवार लिएर हिँडेको हुनाले ब्याक हुन नसक्ने कुरा गृहमन्त्रीलाइ बताएकी थिइन।

 

गृहमन्त्री ज्युले पार्टीको निर्णय भएकोले ब्याक हुन भन्नु भयो हामीले पनि चितवन काङ्ग्रेसको निर्णय भएकोले अब फिर्ता हुन गाह्रो हुने कुरा बतायौ सापकोटाले छलफल पछि भनेका थिए।

 

उपलब्धिको कुनै संकेत नपाएपछि गृहमन्त्री खाँड सोझै पिपलचोक हानिए । पिपलचोक स्थिति पौडेल निवासमा एक घन्टा भएको छलफलले पनि कुनै निर्णय निकाल्न सकेन। उम्मेद्बारी दिएका पौडेलले उल्टै रेनु दाहालको उम्मेद्बारी फिर्ता गराउन खाँडलाइ अनुरोध गरेका थिए। कुनै पनि हालतमा पौडेलको उम्मेद्बारी फिर्ता गराउन आएका खाँडले दुई दिनको चितवन बसाइमा कुनै पनि उपलब्धि हासिल गर्न सकेका छैनन् ।

 

करिब एक हप्ता देखि गरिएका हरेक प्रयासले कुनै सफलता हात लाग्न नसकेपछि माओवादीलाइ तनाब बढेको छ। यदी पौडेलको उम्मेद्बारी फिर्ता नहुनेहो भने भरतपुरमा गठबन्धनकी रेनु दाहालको जित सहज देखिदैन । त्यसैले गर्दा प्रचण्डले पौडेलको उम्मेद्बारी फिर्ता गराउन देउवालाइ राम्रै दबाब दिइरहेका छन। जसको कारण गृह जस्तो मन्त्रालय समालेका खाँड दुइदिन देखि भरतपुरमै छन। यति मात्र हैन पुर्ब प्रधानन्यायाधीश गोपाल पराजुल पनि पौडेललाइ फकाउन पिपलचोक स्थिति पौडेल निवासमै पुगेका थिए। अहिले पिपलबोटका पौडेललाइ उम्मेद्बारी फिर्ता गराउन देशकै शक्तकेन्द्र लागेको छ। जसले राज्यशक्तिको दुरुपयोग सम्म गरिरहेका छन।

 

उम्मेद्बारी दिएका पौडेल पछिल्लो समय निकै दबाबमा परेका छन।उम्मेद्बारी फिर्ताका लागि बालुवाटारदेखि सानेपा सम्मबाट बारम्बार फोन , मेसेजमा र दबाब आइरहेका छन। यता चितवनका असन्तुष्ट काङ्ग्रेसहरुले कुनै पनि हालतमा फिर्ता गर्न नहुने भन्दै दबाब दिइनै रहेकाछन।

 

पौडेलको उम्मेद्बारीलाइ गठबन्धन र काङ्ग्रेसले मात्र नभएर नेकपा एमालेले पनि नजिकबाट हेरिरहेको छ। एमाले पौडेलको उम्मेद्बारी फिर्ता नहोस भनेर हरेक किसिमबाट सपोट गरिरहेको छ। पौडेलको उम्मेद्बारी फिर्ता नभए आधा काङ्ग्रेसीको मत रेनुका विरुद्ध प्रयोग हुने उसको बुझाइ छ । जसका कारण एमालेका बिजय सुबेदीलाइ जित हासिल गर्न सहज हुने एमालेको ठहर छ।भरतपुरका असन्तुष्ट काङ्ग्रेसहरु गठबन्धनले हारेपनि हारोस भन्ने पक्षमा देखिएका छन। अहिले रेनुलाइ मत हाल्दै गर्दा संघिय चुनावमा पनि देउवाले प्रचण्डलाइ मत हाल्नु बाध्य पार्ने काङ्ग्रेसीहरुको बुझाइ छ।त्यसो हुँदा भरतपुरका काङ्ग्रेसले एक दशक भन्दा बढी समय रुखमा मत हाल्न पाउने छैनन। चितवनका काङ्ग्रेसहरुको खास बुझाइ यहीनै हो।

त्यसैले त असन्तुष्ट काङ्ग्रेसीहरुले पौडेललाइ छाडेका छैनन् र पिपलचोक सधै धाइरहेका छन।

  • प्रकाशित मिति : वैशाख १६, २०७९, शुक्रवार ०७:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८