माघ १२,२०७८
चितवन । चितवनमा कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा बुधवार ४ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा एक जना संक्रमितको मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा नवलपुरका तीन जना र मकवानपुरका एक जनाको मृत्यु भएको हो । कलेज अफ मेडिकल साइन्सेसमा नवलपरासीका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
चितवनमा आजै ८१९ नमुनाको परिक्षण गर्दा २८९ जनामा संक्रमण पुष्टि भएको थियो।
चितवनका तीन अस्पतालमा हाल ५६ जना संक्रमित उपचाररत छन् । एचडियुमा ४५ , आइसियुमा ११ र एकजना भेन्टिलेटरमा रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८