• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

साहित्यको भिडमा झुल्कियो पराजुलीको ‘मोम्चो’

  • खबरदाता

साहित्यको भिडमा झुल्कियो पराजुलीको ‘मोम्चो’

मंसिर १९,२०७८

मोम्चो अर्थात महिला वा नारी । चेपाङ समुदायमा प्रयोग गरिने शब्द । जसलाइ चितवनने कथाकार बसन्त पराजुलीले कथाको रुपमा प्रस्तुत गरेका छन।

पराजुलीद्वारा लिखित कथा सङ्ग्रह ‘मोम्चो’आइतबारको बिहानिसंगै बिमोचन भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ ।

अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा गैंडाकोटमा आयोजित कार्यक्रममा मोम्चोलेनै अर्थात किशोरी रमिता चेपाङले कृति सार्वजानिक गरेकी हुन ।

चेपाङ समुदायमा परापुर्व काल देखि चल्दै आएको बालविवाह र त्यसपछि महिलाले भोग्नुपरेका विविध समस्याको वास्तविकतालाइ मोम्चो कृति पराजुलीले उजागर पार्न खोजेका छन। पुस्तकमा पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्षहरुलाइ मार्मिकरूपमा सरल र सहज भाषामा प्रस्तुत गरिएका छन् । उक पुस्तकले चेपाङ जीवनको बास्तबिकता प्रष्ट पारेको छ।

चितवन वरिष्ठ पत्रकार पराजुली कथा संग्रह मोम्चो दोस्रो कृति हो। यसअघिनै उनले ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित गरिसकेका छन । पहिलो कृतिबाटनै पत्रकारबाट साहित्यकारमा फड्को मारेका पराजुलीको सो कृति अहिले तेस्रो संस्करणमा प्रकाशित हुनेक्रममा छ।

कार्यक्रममा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले समीक्षा गरे । ‘मोम्चो’ कथा सङग्रहभित्रका कथाले समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणामस्वरुप सिर्जित नारी समस्यालाई सशक्तरूपमा उठान गरेको उनले बताए । उनले भने , “कथाको दम कथाकारितासँगै कथा शक्तिमा पनि उत्तिकै जोडिएको छ ।” आख्यानकार अश्विनी कोइरालाले सरल भाषामा नारी वेदनालाई कथाले जीवन्तरूपमा प्रस्तुत गरेको बताए । पुस्तकका लेखक पराजुलीले मोम्चो शीर्षकथाबाट कृतिको नामाकरण गरिएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सञ्चारकर्मी पराजुली पत्रकारिता संगसंगै साहित्य विधामा पनि शसक्तरूपमा कलम चलाउन थाल्नुले दुबै क्षेत्रलाइ सहयोग पुग्ने बताए । भूँडीपुराण प्रकाशन प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गर्न खोजिएको बताए ।

अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले पत्रकारितासँगै साहित्य क्षेत्रमा कथाकार पराजुलीको कलम सशक्तरूपमा चलेको र यस्ता कृति निरन्तर आउनेमा आसाबादि रहेको बताए।

कार्यक्रममा महिला अभियानकर्मी मीना खरेल, अक्षर समूहका कोषाध्यक्ष माया गुरुङ र लेखराम सापकोटालगायतले कथासङ्ग्रहका बारेमा चर्चा गरेका थिए ।

  • प्रकाशित मिति : मंसिर १९, २०७८, आइतवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८