• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

क्यान्सर अस्पतालमा स्वास्थ्यमन्त्री खतिवडाको निरीक्षण

  • खबरदाता

क्यान्सर अस्पतालमा स्वास्थ्यमन्त्री खतिवडाको निरीक्षण

मंसिर ६,२०७८

चितवन । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वी पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरिक्षण गरेका छन् ।

आइतबार चितवन आएका बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल सहित प्रदेश सभा सदस्य पार्वती सिलवालले अस्पतालको निरीक्षण गरेका हुन् ।

सो अबसरमा अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने , कार्यकारी निर्देशक डा. देज कुमार गौतम , उप निर्देशक डा. कृष्णसागर शर्मा , नर्सिङ ईन्चार्ज सबिता पन्थी लगायतले अस्पतालको ताजा अबस्थाबारे जानकारी गराएका थिए ।

निरीक्षण पछि बोल्दै मन्त्री खतिवडाले अस्पताललाई आवश्यक उपकरण एवम् स्तरोन्नतिका लागि आफूले बजेट सहित सहयोग गर्ने बताए । देशभरका जनताको उपचार थलोको रुपमा विकास भएको क्यान्सर अस्पताललाई वेथिति रहित गराउन अनुरोध गर्दै जनतालाई सहजै उपचार सेवा दिन मन्त्री खतीवडाले निर्देशन दिएका छन् । त्यसकालागि आवश्यक बजेट उपलब्ध गराउने उनको भनाई थियो।

अस्पतालका अध्यक्ष डा। लामिछानेले यही अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरेर ऐनको मर्मअनुसार विकास गर्न अनुरोध गर्दै त्यसो हुन सके देशमा नै स्वास्थसंग सम्बन्धित दक्ष जनशक्ति उत्पादन हुने बताएका थिए ।

अस्पतालका निर्देशक डा। गौतमले सिमुलेटर मेशिन, पेट स्क्यान , बोन म्यारो ट्रान्सप्लान्टको आवश्यक रहेको भन्दै आवश्यक बजेट उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

  • प्रकाशित मिति : मंसिर ६, २०७८, सोमवार ०१:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८