• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

किसन र यादवको सानदार पारीका बाबजुद मुम्बई बाहिरियो

  • खबरदाता

किसन र यादवको सानदार पारीका बाबजुद मुम्बई बाहिरियो

असोज २३, २०७८

यस सिजनको आइपिएलको लिग चरणको अन्तिम दिनका दुई खेलमा मुम्बई इन्डियन्सले रन राइजर्स हैदरावादलाई ४२ रनले हरायो भने रोयल च्यालेन्जर बंगलोरले दिल्ली क्यापिटलसँगको खेलमा ७ विकेटको जित हात पार्न सफल भयो । जितका बाबजुद मुम्बई प्ले अफमा प्रवेश गर्न असमर्थ बन्यो भने यस अघि नै प्ले अफ प्रवेश गरी सकेको बंगलोर पनि शीर्ष दुईमा रहन सकेन । चेन्नाइ सुपर किङ्स र दिल्लीले पहिलो क्वालीफायर खेल्ने तथा बंगलोर र कलकत्ता नाइटराइडर्स इलिमिनेटर खेल्ने निश्चित भएको छ ।

दिल्लीले छाडेको १६५ रनको लक्ष्य पछ्याएको बंगलोरले पुरै बल खेल्दै ३ विकेटको क्षतीमा १६६ रन जोडेको हो । अभेष खानको अन्तिम बलमा छक्का प्रहार गर्दै श्रीकर भरतले बंगलोरलाई जित दिलाएका हुन् । भरतले ५२ बलमा ७८ रन जोडे । यसै गरी, ग्लेन म्याक्सवेलले अविजित रहँदै ३३ बलमा ५१ रन जोडे । ६ रन जोड्दै दुवै प्रारम्भिक ब्याट्सम्यानलाई गुमाएको बंगलोरले तेस्रो विकेट ५५ रनमा गुमाएको थियो । एन्चरीच नोर्तजे प्रभावकारी देखिए । उनले ४ ओभरमा २४ रन खर्चेर दुई विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतीमा १६४ रनको योगफल खडा गरेको थियो । राम्रो सुरुवात गरेको दिल्लीका पृथ्वी सले ३१ बलमा ४८ तथा शिखर धवनले ४३ रन प्रहार गरेका थिए । यसै गरी, सिम्रन हटमायरले २२ बलमा २९ रन प्रहार गरे । बंगलोरका मोहम्मद सिराजले ४ ओभरमा २५ रन खर्चेर दुई विकेट लिए । भरत सो खेलका म्यान अफ द म्याच भए ।

अर्को खेलमा इसन किसन र सूर्य कुमार यादवले विस्फोटक ब्याटिङ गरेको खेलमा मुम्बईले हैदरावादलाई २३६ रनको लक्ष्य छाडेको थियो । हैदरावादले पनि आक्रामक ब्याटिङ गर्दै त्यसतै उत्कृष्ट सुरुवात गरेको थियो । शीर्ष तीन ब्याट्सम्यान जेसन राय, अभिषेक शर्मा र मनीस पाण्डेले दिएको गतिलाई अन्यले कायम राख्न नसक्दा हैदरावाद आठ विकेट गुमाउँदै १९३ रनमै रोकिएको हो । शर्माले १६ बलमा ३३ तथा पाण्डेले ४१ बलमा ६९ रन बनाए ।

यस अघि टस जितेर ब्याटिङ रोजेको मुम्बई ले ९ विकेटको क्षतीमा २३५ रन जोडेको हो । विस्फोटक सुरुवात गरेको मुम्बईका इसन किसनले ३२ बलमा ८४ रन प्रहार गरे । सोही पारीका कारण ५ ओभरमै मुम्बई ले ७८ रन जोडेको थियो । रोहितका साथै हिटरका रूपमा माथिल्लो क्रममा ब्याटिङ गर्न लगाइएको हार्दिक पाण्डे र किरोन पोलार्ड असफल भए पछि सूर्य कुमार यादवले ४० बलमा ८२ रन बनाए । किसन सो खेलका म्यान अफ द म्याच भए । कलकत्तालाई रन रेटमा उछिन्दै प्ले अफ प्रवेशका लागि मुम्बई ले १७१ रन अन्तरको जित हात पार्न आवश्यक थियो ।

  • प्रकाशित मिति : असोज २३, २०७८, शनिवार ०१:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८