• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

चितवनमा आजदेखि आठौँ अन्तर लायन्स लियो फुटसल प्रतियोगिता

  • खबरदाता

चितवनमा आजदेखि आठौँ अन्तर लायन्स लियो फुटसल प्रतियोगिता

असोज २३, २०७८

आजदेखि आठौँ अन्तर लायन्स लियो फुटसल प्रतियोगिता सुरु हुँदैछ । लियो क्लव अफ नारायणगढ चित्रवनले विजया दशमीको अवसर पारेर आयोजना गरेको उक्त प्रतियोगिता आज र भोलि सम्म चल्ने छ ।

अध्यक्ष सन्तोष सुवेदीका अनुुसार उक्त प्रतियोगितामा चितवन, नवलपुर,हेटौँडा, गोरखा, धादिङ, बुटवल लगायतबाट २८ टिमको सहभागीता रहनेछ । प्रतियोगितामा सहभागी हुन ३ हजार ५ सय इन्ट्री फि राखिएको उहाँले जानकारी दिए ।

हिजो होटल मुनस्टारमा भएको पत्रकार सम्मेलन बोल्दै अध्यक्ष सुवेदीले क्लवले दसैँ पर्वको पूर्वसन्ध्यामा सधैँ प्रतियोगिता आयोजना गर्दै आएको र यसले लियोहरुवीच आत्मीयता बढाउनुका साथै लियोहरुलाई खेलको माध्यमबाट एक सुत्रमा बाँध्न ठूलो सहयोग पुगेकाले निरन्तरता दिएको बताए ।

लियो क्लव अफ नारायणगढ चित्रवन सन २००९ मा स्थापना भएको थियो । सन् २०१४ देखि निरन्तररुपमा प्रतियोगिता आयोजना गर्दै आएको पूर्व अध्यक्ष पुरुषोत्तम सुवेदीले बताए ।

खेललाई थप व्यस्थित र प्रतिस्पर्धात्मक गराउन वाह्य खेलाडी राख्न नपाईने बताउँदै आयोजक क्लवले माइलायन्स एपमा रजिष्टर भएका सदस्यहरुलाई मात्रै समावेश गर्ने भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गरी खेल खेलिने अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले रु। २५ हजार नगद र उपविजेताले १२ हजार नगद सहित मेडल,ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ । खेल आज विहान भरतपुर ७ गौतम चोकमा चितवन फुटसल एण्ड स्पोटर््स जोनमा सुरु हुनेछ । बेलुका साँढे ६ बजेसम्म प्रतियोगिता संचालन हुने आयोजकले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : असोज २३, २०७८, शनिवार ००:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८