• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चितवनका २ जना पक्राउ


अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चितवनका २ जना पक्राउ

असोज १३, २०७८ ।
इडीभीबाट अमेरिका जान चितवनका दुई जना युवाहरुले नक्कली शैक्षिक प्रमाणपत्रको सहायता लिएको खुलासा भएको छ । महानगरीय अपराध महाशाखाका अनुसार त्यसरी नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेहरुमा

चितवन जिल्ला भरतपुर २९ जुगेडी घर भई हाल काठमाण्डौ महानगरपालिका १४ कलंकी बस्ने ३६ वर्षीय जीवन कार्की र चितवन खैरहनी नगरपालिका ३ बस्ने ३१ वर्षीय नविन दराई रहेका छन् । त्यस्तै रौतहट चन्द्रपुर नगरपालिका ९ सिंदुरेघारी घर भई हाल काठमाण्डौ जिल्ला कोटेश्वर बस्ने ३२ वर्ष वर्षीय शिव रोक्का पनि रहेका छन् ।

नेपाल स्थित अमेरिकन दुतावासमा इडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिषा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले १०+२ को नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको सूचना प्रहरीले पाएको थियो ।

अमेरिकी दुतावासको सुचनाको आधारमा नबिन दराई र शिव रोक्का लाई अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले असोज १२ गते काठमाण्डौको महाराजगंज बाट पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा पक्राउ परेका मध्ये नबिन दराई संग जिबन कार्कीले रु १,७०,०००।–( एक लाख सत्तरी हजार) लिई १०+२ को शैक्षिक प्रमाण पत्र बनाई दिएको खुलेपछि नक्कली प्रमाण पत्र बनाउने कार्यमा संलग्न रहेका कार्की लाई काठमाण्डौको कंलकी बाट पक्राउ गरी लिखत सम्बन्धि कसुरमा मुद्धा चलाएर आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौंमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

  • प्रकाशित मिति : असोज १३, २०७८, बुधवार ११:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८