• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

इजरायलको छनोट लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार


इजरायलको छनोट लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार

भदौ ८, २०७८

इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ ।

वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिरहेकाले भदौको दोस्रो हप्तापछि लिखित परीक्षा लिने तयारी समेत गरेको छ ।

विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदक लिखित परीक्षामा सहभागी हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिए ।

लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तवार्ता समेत लिइने छ । यसरी लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको उनले जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

  • प्रकाशित मिति : भदौ ८, २०७८, मंगलवार ०२:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८