• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा १०० थपिँदा ८२ निको भए , ५ को मृत्यु

  • खबरदाता

चितवनमा १०० थपिँदा ८२ निको भए , ५ को मृत्यु

आज गरिएका परिक्षण मध्ये १३.६२ प्रतिशतमा संक्रमण ।

असार -२४ ,२०७८

चितवन । आज चितवनमा ६६८ जनाको पिसिआर परिक्षण गर्दा ८१ र ६६ को एन्टिजेन परिक्षण गर्दा १९ जना गरि थप १०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप ५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ७१, खैरहनिमा ४ , माडि ६, रत्ननगरमा ११ ,राप्तीमा ४, कालिकमा ३ र इच्छाकामनामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ६९ जनाको आइसियुमा , जसमध्ये ११ जनाको भेन्टिलेटर र ४० जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १३१७ जना रहेका छन।

मृत्यु भएका मध्ये चितवनका ३ तनहुँका १ र धनगढीका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २९१ पुगेको छ । आज चितवनमा ८२ जना संक्रमीत निको भएका छन।

  • प्रकाशित मिति : असार २४, २०७८, बिहीवार १०:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८