आज २९७९ संक्रमीत हुँदा १३३३ मात्र निको भए

  • खबरदाता
  • असार २३, २०७८

आज २५ प्रतिशतमा संक्रमण।

असार २३ ,२०७८

चितवन । आज एकै दिनमा १३३३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १४ हजार ३२७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ९० हजार ९७४ पुगेको छ ।

देश भर ७८३५ को पिसिआर परिक्षण गर्दा २०७७ र ४०६३ जनाको एन्टिजेन परिक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १३५ जना रहेका छन् ।

आज चितवनका १ समेत थप २८ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९२९१ पुगेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८