• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा कोरोना संक्रमीत १२२० जना

  • खबरदाता

चितवनमा कोरोना संक्रमीत १२२० जना

आज गरिएका परिक्षण मध्ये १६.८५ प्रतिशतमा संक्रमण ।

असार -१८ ,२०७८

चितवन । आज चितवनमा ३८९ जनाको पिसिआर परिक्षण गर्दा ४२ र ६२ को एन्टिजेन परिक्षण गर्दा ३४ जना गरि थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ४१ खैरहनिमा २, माडिमा ९, रत्ननगरमा ९,राप्तीमा ९ , कालिकमा ४ र इच्छाकामनामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ७९ जनाको आइसियुमा , जसमध्ये १६ जनाको भेन्टिलेटर र ३० जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२२० जना रहेका छन।

सोमबार मृत्यु भएका मध्ये चितवनका १ र बैतडीका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २८४ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप १७ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : असार १८, २०७८, शुक्रवार ०९:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८