• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

चितवनमा ७५० को परिक्षण, ९२ संक्रमित

  • खबरदाता

चितवनमा ७५० को परिक्षण, ९२ संक्रमित

संक्रमण दर १२ प्रतिशत ।

जेष्ठ ३१,२०७८

चितवन । चितवनमा ६९३ जनाको पिसिआर परिक्षण गर्दा ७२ र ५७ को एन्टिजेन परिक्षा गर्दा २० जना गरि थप ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ६९ जना संक्रमीत थपिए भने खैरहनिमा ६, माडिमा ४ ,रत्ननगरमा ३, राप्तीमा ८र कालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १०७ जनाको आइसियुमा , जसमा ३७ जनाको भेन्टिलेटर र ३७ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १५४२ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये जाजरकोटका १ र रामेछापका १ जना रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा १ र चितवन मेडिकल कलेजमा १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २४४ जना पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २७ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : जेठ ३१, २०७८, सोमवार १०:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८