चितवनमा एकै दिन ३ हजार धेरैले लगाए खोप

  • खबरदाता
  • जेठ २५, २०७८

जेष्ठ २५,२०७८

चितवन । चितवन जिल्लामा आज एकै दिन ३ हजार भन्दा धेरैले कोरोना बिरुद्धको खोप लगाएका छन।

मंगलबारबाट सरकारले देशै भर भेरोसेल खोप लगाउने कार्यतालिका तय गरेको थियो। सोही अनुसार जिल्लामा पनि ६२ देखि ६४ बर्ष उमेर समुहकालाई खोप लगाइएको हो।

पहिलो दिन मंगलबार जिल्लाका सात स्थानीय तहमा ३ हजार ९४६ जनाले भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । खोप लगाउने मध्ये १ हजार ८६० महिला र २ हजार ८६ पुरुष रहेका छन।

ती मध्ये भरतपुर महानगर पालिकामा १ हजार २३० महिला र १ हजार ४१९ पुरुष गरि २ हजार ६४९ जनाले खोप लगाएका छन। यस्तै खैरहनिमा ११२ महिला र १०४ पुरुष गरि जम्मा २१६ जनाले खोप लगाए ।

माडिमा ५२ महिला र ८१ पुरुष गरि १३३ जना ,रत्ननगरमा २८९ महिला र २३४ पुरुष गरि ५२३ जना ,राप्तीमा ७० महिला र ९९ पुरुष गरि १६९ जना ,कालिकामा ७४ महिला र १०७ जना पुरुष गरि १८१ जना र इच्छाकामनामा ३३ महिला र ४२ पुरुष गरि ७५ जना सहित गरि जम्मा ३ हजार ९४६ जना रहेका छन।

चितवनका सबै सात स्थानीय तहमा मंगलबार र बुधबार खोप लगाउने तालिका रहेको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:जेठ २५, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८