सबैलाई निशुल्क उपचार : मन्त्री तामाङ

  • खबरदाता
  • जेठ २४, २०७८

जेष्ठ २४,२२०७८

नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री सेर बहादुर तामाङले आफु सबैलाई निशुल्क उपचार पुर्‍याउन लागि पर्ने बताएका छन।

सोमबार स्वास्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तामाङले सो कुरा बताएका हुन। उनले सबैलाई बिमाको पहुँच सम्म पुर्‍याएर निशुल्क उपचार गराउनु आफ्नो उदेश्य रहेको बताए ।

आफ्नो मन्त्रालयमा हुने हरेक काम पारदर्शी हुने र त्यसको बारेमा सबैले जानकारी समेत पाउने उनको भनाइ थियो।

आफू एकदम कठिन मोडमा मन्त्रालय समाल्न आएको भए पनि आजकै दिनबाट सके सम्म कोभिड अस्पतालहरुको निरीक्षण गर्नेसमेत उनले जानकारी गराए । अहिले सरकारको पहिलो प्राथमिकता भनेको सबैलाई कोरोनाको खोप लगाउने बाताबरण तयार गर्ने भएकोले सरकार त्यसमा लागीपरेको बताए ।

मन्त्रालयमा यसको लागि बजेट प्रयाप्त आएकोले समयमै खोप ल्याइने पनि उनको भनाइ थियो।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८