अमेरिका र भारतमा संक्रमणदर घट्दो

  • खबरदाता
  • जेठ २४, २०७८

जेष्ठ २४,२०७८

अमेरिकामा र भारतमा कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको छ ।

गएको २४ घण्टामा भारतमा १ लाख २ हजार भन्दा कममा सङ्क्रमण देखियो । यसै गरी अमेरिकामा पनि ६ हजार ५ सय भन्दा कममा सङ्क्रमण देखिएको छ ।

अमेरिका र भारतमा सङ्क्रमण दर घटीरहँदा बेलायतमा भने तेस्रो लहरको चिन्ता देखिएको छ । कुनै समय दैनिक दुई हजार या कमको हाराहारीमा सङ्क्रमण रहेको बेलायतमा अहिले दैनिक ५ हजार भन्दा बढीको दरले सङ्क्रमित फेला पर्न थालेका छन् । बेलायतमा नयाँ लहरको जोखिम बढ्नु बाहेक अन्य युरोपेली देशमा अहिले सङ्क्रमण घटी रहेको छ ।

दक्षिण अमेरिकी देशमा भने सङ्क्रमणको प्रभाव अन्य महादेशमा भन्दा अझै बढीनै रहेको छ । ब्राजिलमा गएको २४ घण्टामा ३९,६३७ जना सङ्क्रमित थपिए भने अर्जेन्टिनामा १६,४१५,कोलम्बियामा २४,०५० तथा चीलीमा ७६९० जनामा सङ्क्रमण देखियो ।

  • खबरदाता
  • प्रकाशित मिति:जेठ २४, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८