• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवनमा आज १७३ नयाँ संक्रमीत थपिए

  • खबरदाता

चितवनमा आज  १७३ नयाँ संक्रमीत थपिए

जेष्ठ १८ ,२०७८

चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ९ सय जनाको पिसिआर परिक्षण गर्दा १३१ र ६३ को एन्टिजेन परिक्षा गर्दा ४२ जना गरि थप १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ६ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ११८ जना संक्रमीत थपिए भने खैरहनि नगरपालिकामा ५ ,माडि नगरपालिकामा १६ ,रत्ननगरमा ९ ,राप्तीमा ३ , कालिकामा २१ र इच्छाकामनामा १ गरि थप १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १७८ जनाको आइसियुमा , ४५ जनाको भेन्टिलेटरमा र ३६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४८४५ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवनका २ जना ,बाराका १, लमजुङका २ र मकवानपुरका १ जना रहेका छन।

आज मृत्यु भएका भरतपुर अस्पतालमा २,चितवन , मेडिकल कलेजमा ३ र अन्य अस्पतालमा १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २२१ जना पुगेको छ । आज चितवनमा थप ५८ जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : जेठ १८, २०७८, मंगलवार १०:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८