चितवनमा ९२० परिक्षण गर्दा १६६ संक्रमीत

  • खबरदाता
  • जेठ १७, २०७८

अझै १८ प्रतिशतमा कोरोना

जेष्ठ १७ ,२०७८

चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ८३४ जनाको पिसिआर परिक्षण गर्दा १४३ र ८७ को एन्टिजेन परिक्षा गर्दा २३ जना गरि थप १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ११७ जना संक्रमीत थपिए भने खैरहनि नगरपालिकामा ९ ,माडि नगरपालिकामा ८ ,रत्ननगरमा २० ,राप्तीमा ४ , कालिकामा ५ र इच्छाकामनामा ३ गरि थप १६६ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १७२ जनाको आइसियुमा , ४५ जनाको भेन्टिलेटरमा र ४१ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४८५७ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवनका १ जना , नवलपरासीका ३, मकवानपुर १ र अर्घाखाँचीका १ जना रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा १,चितवन , मेडिकल कलेजमा ४ र पुरानो मेडिकलमा १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २१९ जना पुगेको छ । आज चितवनमा थप ४४ जनाले कोरोना जितेका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८